Birgunj Sub-Metropolitan City
Friday 30 July 2010

 खानेपानी धारा जडानको सिफारिससंग सम्बन्धित

धारा जडानको सिफारिसको लागि आवश्यक पर्ने कागजातहरुः
(क) नगरपालिकाद्वारा छपाईएको निवेदन फर्मेट पर्ूण्ा रुपले भरेर ल्याउनु पर्ने ।
(ख) जग्गा धनी प्रमाण पर्जाको प्रतिलिपी ।
(ग) नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(घ) घरनक्सा पास इजाजत पत्रको प्रतिलिपी ।
(ङ) चालु आ.व.को मालापोत तिरेको रसिद ।
(च) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।

प्रक्रियाहरुः

(क) माथि उल्लेखित कागजातहरु ल्याई कार्यकारी अधिकृत समक्ष पेश गर्नुपर्नेछ ।
(ख) कार्यकारी अधिकृतबाट तोक आदेश गर्राई दर्ता गराएर खानेपानी उपशाखामा सर्म्पर्क राख्नु पर्नेछ ।
(ग) खानेपानी उपशाखाबाट सिफारिस पत्र तयार गरि राजश्व शाखामा राजश्व तिरे पछि कार्यकारी अधिकृतबाट हस्ताक्षर गरेपछि, चलानी गर्राई लान सकिनेछ ।