योजना तथा वातावरण शाखा (विद्युत उपशाखा) बाट सम्पादन गरिने कार्यहरुः(क) नगरपालिकाद्वारा छपाईएको निवेदन फर्मेट पूर्ण रुपले भरेर ल्याउनु पर्ने । (ख) जग्गा धनी प्रमाण पर्जाको प्रतिलिपी । (ग) चालु आ.व.को मालापोत असुलीको रसिद । (घ) नागरिकता प्रमाण पत्रको प्रतिलिपी । (ङ) सम्बन्धित वडा समितिको सिफारिस । (च) घरनक्सा पास इजाजत पत्रको प्रतिलिपी । (छ) जनसंख्या कार्डको प्रतिलिपी । (ज) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण । प्रक्रियाहरुः(क) माथि उल्लेखित कागजातहरु ल्याई कार्यकारी अधिकृत समक्ष पेश गर्नुपर्नेछ ।(ख) कार्यकारी अधिकृतबाट तोक आदेश गर्राई दर्ता गराएर विद्युत उपशाखामा सम्पर्क राख्नु पर्नेछ । (ग) विद्युत उपशाखाबाट सिफारिस पत्र तयार गरि राजश्व शाखामा राजश्व तिरे पछि कार्यकारी अधिकृतबाट हस्ताक्षर गरेपछि, चलानी गर्राई लान सकिनेछ । |
| घरनक्सा पास |
| विद्युत सिफारिस |
| निजि धारा सिफारिस |
| सम्पत्ति मूल्यांकन |