Birgunj Sub-Metropolitan City
Friday 30 July 2010

योजना तथा वातावरण शाखा (नक्सा पास उपशाखा) बाट सम्पादन गरिने कार्यहरुः

नगरपालिका क्षेत्रभित्र घर निर्माण गर्ने इजाजत मांग गर्दा निम्नानुसारका कागजातहरु समावेश गरी पेश गर्नु आवश्यक हुनेछ ।
(क) नगरपालिकाद्वारा छपाईएको निवेदन फारम पर्ूण्ा रुपले आफैले भरेर ल्याउनु पर्ने ।
(ख) फारम साथ निम्न कागजात हुनुपर्नेछ ।
- जग्गाधनी प्रमाण पर्जाको फोटोकपी १ प्रति ।
- नापी नक्सा सक्कल १ प्रति
- चालु आ.व.को मालपोत तिरेको रसिदको फोटोकपी १ प्रति तमसुकको फोटोकपी १ प्रति ।
- नागरिकताको १ प्रति फोटोकपी ।
- प्रचलित मापदण्ड अनुसारको भवनको नक्साको ४ प्रति एमोनिया प्रिन्ट ।
(ग) उपर्युक्त कागजातको फाईल खडा गरी वी.उ.म.न.पा.का. योजना शाखा अर्न्तर्गत नक्सा उपशाखामा बुझाई नियमानुसार दर्ता गराउनु पर्नेछ ।
(घ) नक्सा पास नभई निर्माण कार्य शुरु गर्नु हुदैन ।
(ङ) उप(महानगरपालिकामा नियमपर्ूवक नक्सा दर्ता भएपछि १५ दिन संधियारलाई सूचना १५ दिन संधियारको म्याद समाप्त भएपछि संधियारबाट उजुरी नपरेमा मात्र र्सजमिन गरिनेछ ।
(च) नक्सा केरमेट गरी पास गरिने छैन् । नक्सा सच्याउन परे आफ्नै तर्फाट सच्याउनु पर्नेछ ।
(छ) नक्सा पासको नहुंदै निर्माण गरे/नगरेको कुनैपनि बखत चेक गर्न सकिनेछ ।
(ज) नक्सा पासको प्रतिलिपी लिन निवेदन दिनुपर्नेछ ।
(झ) नक्सा पासको म्याद २ वर्षम्म हुनेछ । अर्को २ वर्षो लागि नियमानुसार दस्तुर बुझाई म्याद थप गर्न सकिनेछ ।
(ञ) नक्सा अनुसार निर्माण भएपछि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य रुपमा लिनुपर्नेछ ।
(ट) उप(महानगरपालिकामा दर्ता भएका डिजाइन कर्ताहरु मध्येबाट नक्सा पास र डिजाईन अनुसार निर्माण भएको भनी सिफारिस गराउनु पर्नेछ र उपमहानगरपालिकाको नियम अनुसार जांच गरी मात्र निर्माण पत्र दिइनेछ ।
(ठ) नक्सा स्वीकृत भएपछि सम्बन्धित निवेदक वा अधिकार प्राप्त वारेसलाई १ प्रति नक्सा र १ प्रति नक्सा पास प्रमाण पत्रको सक्कल घरधनीले सुरषित राख्नुपर्नेछ ।
(ड) निर्माण कार्य सम्पन्न भएपछि भौतिक सुविधाहरु (धारा, विजुली) टेलिफोन आदि जडान गर्नको लागि निर्माण सम्पन्न प्रमाण पत्र लिन अनिवार्य भएकोले सो प्रमाण पत्र लिन वी.उ.म.न.पा.का. मा सर्म्पर्क राख्नु पर्नेछ ।
(ढ) पास भएको नक्सा विपरित निर्माण गमा पाउने सुविधाबाट वंचित हुनेछ र कुनैपनि समय भत्काउने कारवाही हुनेछ ।
(ण) साबिक देखि चलि आएको पानी र ढल निकास बन्द गर्न पाइने छैन् । ढल निकासको लागि आवश्यक भएमा आफ्नो जग्गाबाट पनि ढलको पाइप लैजान दिनुपर्नेछ ।

नक्सा बनाउने प्राविधिक/कन्सल्टेन्सीहरुले जान्नुपर्ने कुराहरु (मापदण्ड)

(क) नक्सा बनाउंदा बस्ने घरको चारै मोहडा फरक भएमा प्रत्येक तल्लाको योजनाहरु -प्लानहरु) समेत घरको सबभन्दा अग्लो भागमा पर्ने गरी क्रम सेक्सन र र्साईट प्लान निम्न बमोजिम स्केलमा बनाइएको हुनु पर्नेछ । नक्साहरु २०"ं३०" र्साईजमा हुनुपर्नेछ र सकभर एकै सिटमा आउनुपर्नेछ । पछि र्साईट प्लान मात्र सच्याउनु परेमा र्साईज प्रयोग गर्न पाइनेछ ।
- मोहडा, प्लान र सेक्सन १ः१०० -१".८") वा १ः५० -१".४")
- र्साईट प्लान १ कासम्म १".८" -११ः००) १ देखि ३ कासम्म १ः२०० -१".१६") यसभन्दा बढी १ः४०० -१".३२") स्केलमा हुनुपर्नेछ ।
- नक्सामा चर्पी ढल निकास देखाइएको हुनुपर्ने । ढल निकास नभएमा सेप्टीक टैंक र सक्पिट स्पष्ट रुपमा देखाइएको हुनर्पर्दछ ।
(ख) र्साईट प्लान र लोकेसन प्लानमा उत्तर नापी दिशातिर हुनुपर्नेछ । (मिलेसम्म अन्य प्लानमा पनि)