नाता प्रमाणित गर्नको लायिग आवश्यक पर्ने कागजातहरुः(ख) मृतकसंग नाता प्रमाणित गर्नु परेमा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी । (ग) सम्बन्धित व्यक्तिहरुको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी १/१ प्रति । (घ) १६ वर्षउमेर नपुगेको हकमा जन्म दर्ता प्रमाण-पत्रको प्रतिलिपी । (ङ) विवाह दर्ताको प्रमाण-पत्रको प्रतिलिपी । (च) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपी । (छ) बाहिरी जिल्ला वा गाविस/नगरपालिकाको नागरिकता भएमा बर्साई सर्राई प्रमाण पत्रको प्रमाणित प्रतिलिपी । (ज) हालसाल खिचिएको पासपोर्टको र्साईजको फोटो ३ (तीन) प्रति । (झ) निवृत्तिभरण पाउनेहरुको हकमा नाम, नम्बर, पद, हकवालाको नाम देखिने पट्टाको प्रतिलिपी र प्रयोजन हेरी संयुक्त फोटो । (ञ) पिताको मृत्यु भएको छोराले पितासंग नाता प्रमाणित गर्नु पर्दा पिताको मृत्यु दर्ता प्रमाण-पत्रको प्रतिलिपी, छोराहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपी संलग्न देखिने पट्टाको प्रतिलिपी र प्रयोजन हेरी संयुक्त फोटोर्/र्सजमीन सहितको सिफारिस पत्र । (ट) नगरपालिका क्षेत्र भित्रका महिलाहरु औषधीउपचार लगायत अन्य कामको लागि विदेश जांदा आवश्यक पर्ने सिफारिस मांग गर्नु पर्दा २ प्रति फोटो सहित अभिभावक उपस्थित भै निवेदन पेश गर्नुपर्नेछ । (ठ) सम्बन्धित कुनै एउटा पक्षको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र । (ड) चालु आर्थिक वर्षसम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको |