|
Page 3 of 3 १३. मोही लगत कट्टा गर्ने सम्बन्धी सिफारिस: (क) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी । (ख) मोही कायम भएको प्रमाण पत्रको प्रतिलिपी । (ग) वडा अध्यक्षको रोहबरमा भएको स्थलगत र्सजमीन मुचुल्का । (घ) सम्बन्धित वडा समितिको सिफारिस पत्र । (ङ) मोही लगत दुवै पक्षको मंजुरीमा लगत कट्टा गर्नु पर्ने भएमा संयुक्त निवेदन वा अन्य कारण वश लगत कट्टा गर्नु पर्ने भएमा आधारभूत प्रमाण । (च) मालपोत तिरेको रसिद । (छ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण । १४. विविध सिफारिसः (क) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ प्रति । (ख) विषयसंग सम्बन्धित प्रमाणपत्रको प्रतिलिपी । (ग) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पर्ूण्ा कर शुल्क बुझाएको प्रमाण । १५. पंजीकरण उपशाखाबाट सम्पादन गरिने कार्यहरुः व्यक्तिगत घटना दर्ता ऐन लागू हुनु पर्व घटेका व्यक्तिगत घटना सम्बन्धमाः नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने व्यक्तिहरु मिति ०३६/१२/१ भन्दा अगाडि घटेका घटनाहरुको हकमा जन्ममिति प्रमाणितको लागि सिफारिस मांग गर्दा निम्नानुसारको कागजातहरु समावेश गरी पेश गर्न आवश्यक पर्नेछ । (क) सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको र्सजमिन मुचुल्का कागज । (ख) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी । (ग) हालसालै खिचेको पासपोर्ट र्साईजको फोटो २ प्रति । (घ) चालु आर्थिक वर्षम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण । व्यक्तिगत घटना दर्ता ऐन २०३३ अनुसार निम्नानुसारको व्यक्तिगत घटनाहरु दर्ताको लागि तपसिल बमोजिमका कागजातहरु समावेश गरी पेश गर्न आवश्यक हुनेछ । अ. जन्म दर्ताः - बच्चाको बुवाको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी सहित घरमुखी आफै आई अनुसूची २ भरी पेश गर्नुपर्नेछ । - अस्पतालमा जन्म भएको भए सम्बन्धित अस्पतालको प्रमाणित कागज । - सम्बन्धित वडा अध्यक्षको सिफारिस पत्र । आ. मृत्यु दर्ताः- मृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी । - सम्बन्धित वडा अध्यक्षको सिफारिस पत्र । - मृत्यु भएको अनुसूची ३ भरी घरमुली आफै उपस्थित भै दर्ता गराउनु पर्नेछ । इ. विवाह दर्ताः - दुलाहा, दुलही दुवैको नागरिकता प्रमाण पत्रको प्रतिलिपी । - बर्साई सर्राई गर्दा सम्बन्धित गाविस नगरपालिकाको प्रमाणित कागज पत्र । - आवश्यकतानुसार जग्गा धनी प्रमाण पर्जाको प्रतिलिपी । - घरमुली आफै उपस्थित भै अनुसूची ६ भरी पेश गर्नुपर्नेछ । इ. सम्बन्ध विच्छेदः - सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी । - सम्बन्ध विच्छेद भएको सम्मानित अदालतको फैसला आदेशको प्रमाणित प्रतिलिपी समेत समावेश गरी पुनरावेदन गर्ने म्याद समाप्त भएपछि सरोकारवाला आफै उपस्थित भै अनुसूची ५ भरी पेश गर्नुपर्नेछ । व्यक्तिगत घटना दर्ता ऐन ०३३ अनुसार माथि उल्लेखित पांच वटै घटना दर्ता गर्दा चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने कर, शुल्क रकम बुझाएको प्रमाण पेश गर्नुपर्नेछ । १६. योजना तथा वातावरण शाखा (विद्युत उपशाखा) बाट सम्पादन गरिने कार्यहरुः विद्युत जडान सिफारिसको लागि आवश्यक पर्ने कागजातहरुः (क) नगरपालिकाद्वारा छपाईएको निवेदन फर्मेट पूर्ण रुपले भरेर ल्याउनु पर्ने । (ख) जग्गा धनी प्रमाण पर्जाको प्रतिलिपी । (ग) चालु आ.व.को मालापोत असुलीको रसिद । (घ) नागरिकता प्रमाण पत्रको प्रतिलिपी । (ङ) सम्बन्धित वडा समितिको सिफारिस । (च) घरनक्सा पास इजाजत पत्रको प्रतिलिपी । (छ) जनसंख्या कार्डको प्रतिलिपी । (ज) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण । प्रक्रियाहरुः (क) माथि उल्लेखित कागजातहरु ल्याई कार्यकारी अधिकृत समक्ष पेश गर्नुपर्नेछ । (ख) कार्यकारी अधिकृतबाट तोक आदेश गर्राई दर्ता गराएर विद्युत उपशाखामा सर्म्पक राख्नु पर्नेछ । (ग) विद्युत उपशाखाबाट सिफारिस पत्र तयार गरि राजश्व शाखामा राजश्व तिरे पछि कार्यकारी अधिकृतबाट हस्ताक्षर गरेपछि, चलानी गर्राई लान सकिनेछ । १७ खानेपानी धारा जडानको सिफारिससंग सम्बन्धित धारा जडानको सिफारिसको लागि आवश्यक पर्ने कागजातहरुः (क) नगरपालिकाद्वारा छपाईएको निवेदन फर्मेट पर्ण रुपले भरेर ल्याउनु पर्ने । (ख) जग्गा धनी प्रमाण पर्जाको प्रतिलिपी । (ग) नागरिकता प्रमाण पत्रको प्रतिलिपी । (घ) घरनक्सा पास इजाजत पत्रको प्रतिलिपी । (ङ) चालु आ.व.को मालापोत तिरेको रसिद । (च) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण । प्रक्रियाहरुः (क) माथि उल्लेखित कागजातहरु ल्याई कार्यकारी अधिकृत समक्ष पेश गर्नुपर्नेछ । (ख) कार्यकारी अधिकृतबाट तोक आदेश गर्राई दर्ता गराएर खानेपानी उपशाखामा सर्म्पर्क राख्नु पर्नेछ । (ग) खानेपानी उपशाखाबाट सिफारिस पत्र तयार गरि राजश्व शाखामा राजश्व तिरे पछि कार्यकारी अधिकृतबाट हस्ताक्षर गरेपछि, चलानी गर्राई लान सकिनेछ । १८ सम्पत्ति मुल्यांकन सम्पत्ति मुल्यांकनको लागि चाहिने आवश्यक कागजातहरुः (क) निवेदन । (ख) जग्गाधनी प्रमाण-पत्र । (ग) चालु आ.व.को मालपोत तथा भूमिकर तिरेको रसिद । (घ) घर भए नक्सा पास प्रमाण पत्र । (ङ) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी । (च) सम्बन्धित वडाको किटानी सिफारिस । (छ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण । १९ योजना तथा वातावरण शाखा (नक्सा पास उपशाखा) बाट सम्पादन गरिने कार्यहरुः नगरपालिका क्षेत्रभित्र घर निर्माण गर्ने इजाजत मांग गर्दा निम्नानुसारका कागजातहरु समावेश गरी पेश गर्नु आवश्यक हुनेछ । (क) नगरपालिकाद्वारा छपाईएको निवेदन फारम पूर्ण रुपले आफैले भरेर ल्याउनु पर्ने । (ख) फारम साथ निम्न कागजात हुनुपर्नेछ । - जग्गाधनी प्रमाण पर्जाको फोटोकपी १ प्रति । - नापी नक्सा सक्कल १ प्रति - चालु आ.व.को मालपोत तिरेको रसिदको फोटोकपी १ प्रति तमसुकको फोटोकपी १ प्रति । - नागरिकताको १ प्रति फोटोकपी । - प्रचलित मापदण्ड अनुसारको भवनको नक्साको ४ प्रति एमोनिया प्रिन्ट । (ग) उपर्युक्त कागजातको फाईल खडा गरी वी.उ.म.न.पा.का. योजना शाखा अर्न्तर्गत नक्सा उपशाखामा बुझाई नियमानुसार दर्ता गराउनु पर्नेछ । (घ) नक्सा पास नभई निर्माण कार्य शुरु गर्नु हुदैन । (ङ) उप-महानगरपालिकामा नियमपूर्वकवक नक्सा दर्ता भएपछि १५ दिन संधियारलाई सूचना १५ दिन संधियारको म्याद समाप्त भएपछि संधियारबाट उजुरी नपरेमा मात्र र्सजमिन गरिनेछ । (च) नक्सा केरमेट गरी पास गरिने छैन् । नक्सा सच्याउन परे आफ्नै तर्फबाट सच्याउनु पर्नेछ । (छ) नक्सा पासको नहुंदै निर्माण गरे/नगरेको कुनैपनि बखत चेक गर्न सकिनेछ । (ज) नक्सा पासको प्रतिलिपी लिन निवेदन दिनुपर्नेछ । (झ) नक्सा पासको म्याद २ वर्षम्म हुनेछ । अर्को २ वर्षो लागि नियमानुसार दस्तुर बुझाई म्याद थप गर्न सकिनेछ । (ञ) नक्सा अनुसार निर्माण भएपछि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य रुपमा लिनुपर्नेछ । (ट) उप-महानगरपालिकामा दर्ता भएका डिजाइन कर्ताहरु मध्येबाट नक्सा पास र डिजाईन अनुसार निर्माण भएको भनी सिफारिस गराउनु पर्नेछ र उपमहानगरपालिकाको नियम अनुसार जांच गरी मात्र निर्माण पत्र दिइनेछ । (ठ) नक्सा स्वीकृत भएपछि सम्बन्धित निवेदक वा अधिकार प्राप्त वारेसलाई १ प्रति नक्सा र १ प्रति नक्सा पास प्रमाण पत्रको सक्कल घरधनीले सुरषित राख्नुपर्नेछ । (ड) निर्माण कार्य सम्पन्न भएपछि भौतिक सुविधाहरु (धारा, विजुली) टेलिफोन आदि जडान गर्नको लागि निर्माण सम्पन्न प्रमाण पत्र लिन अनिवार्य भएकोले सो प्रमाण पत्र लिन वी.उ.म.न.पा.का. मा सर्म्पर्क राख्नु पर्नेछ । ढ) पास भएको नक्सा विपरित निर्माण गमा पाउने सुविधाबाट वंचित हुनेछ र कुनैपनि समय भत्काउने कारवाही हुनेछ । (ण) साबिक देखि चलि आएको पानी र ढल निकास बन्द गर्न पाइने छैन् । ढल निकासको लागि आवश्यक भएमा आफ्नो जग्गाबाट पनि ढलको पाइप लैजान दिनुपर्नेछ । नक्सा बनाउने प्राविधिक/कन्सल्टेन्सीहरुले जान्नुपर्ने कुराहरु (मापदण्ड) (क) नक्सा बनाउंदा बस्ने घरको चारै मोहडा फरक भएमा प्रत्येक तल्लाको योजनाहरु -प्लानहरु- समेत घरको सबभन्दा अग्लो भागमा पर्ने गरी क्रम सेक्सन र र्साईट प्लान निम्न बमोजिम स्केलमा बनाइएको हुनु पर्नेछ । नक्साहरु २०"ं३०" र्साईजमा हुनुपर्नेछ र सकभर एकै सिटमा आउनुपर्नेछ । पछि र्साईट प्लान मात्र सच्याउनु परेमा ब्द्ध A4 (297x219) र्साईज प्रयोग गर्न पाइनेछ । -मोहडा, प्लान र सेक्सन १ः१०० (१".८") वा १ः५० (१".४") -र्साईट प्लान १ कासम्म १".८" (११ः००) १ देखि ३ कासम्म १ः२०० (१".१६") यसभन्दा बढी १ः४०० (१".३२") स्केलमा हुनुपर्नेछ । -नक्सामा चर्पी ढल निकास देखाइएको हुनुपर्ने । ढल निकास नभएमा सेप्टीक टैंक र सक्पिट स्पष्ट रुपमा देखाइएको हुनुपर्दछ । (ख) र्साईट प्लान र लोकेसन प्लानमा उत्तर नापी दिशातिर हुनुपर्नेछ । (मिलेसम्म अन्य प्लानमा पनि)
<< Start < Prev 1 2 3 Next > End >> |