Birgunj Sub-Metropolitan City
Friday 30 July 2010

३. राजश्व शाखाबाट सम्पादन गरिने कार्यहरु

(क) घरजग्गा कर
(ख) व्यवसायिक इजाजत पत्र
(ग) सवारी कर
(घ) मालपोत असुली
(ङ) राजस्व शाखासंग सम्बन्धित विविध सिफारिस

४. समाजकल्याण तथा सरसफाई शाखाबाट सम्पादन गरिने कार्यहरुः

(क) नगरक्षेत्र भित्रको दैनिक सरसफाई
(ख) नाला सफाई
(ग) सरसफाईका लागि तत्काल सेवा गरिने सबै कार्यहरु
(घ) वातावरणसंग सम्बन्धित कार्यहरु
यस कार्यालयको विभिन्न शाखा/उपशाखाहरुबाट सम्पादन गरिने निम्नानुसार कार्यहरुको लागि निवेदन साथ संलग्न राख्नु पर्ने कागजातहरुको विवरणः
प्रशासन शाखा (कानून तथा मुद्दा उपशाखा) बाट सम्पादन गरिने कार्यहरुः

१. नागरिकता प्रमाण-पत्रको सिफारिस गर्दा आवश्यक पर्ने कागजातहरुः

(क) विवरण भरिएको अनुसूचि फारम -१ प्रति
(ख) र्सजमीन मुचुल्का सहित सम्बन्धित वडा अध्यक्षको सिफारिस ।
(ग) अस्थायी नागरिकताको प्रतिलिपी, सो नभए पिताको नागरिकताको प्रमाणित प्रतिलिपी र विवाहित भए पतिको नागरिकताको प्रतिलिपी र विवाह दर्ता प्रमाण-पत्र २/२ पतिलिपी ।
(घ) दुवै कान देखिने हालै खिचेको फोटो ३ प्रति, पुरुष भए टोपी लगाएको ।
(ङ) जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपी २ प्रति ।
(च) बर्साई सर्राई गरी आएको भए बर्साई सर्राईको प्रमाण-पत्रको पतिलिपी २ प्रति ।
(छ) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी -२
(ज) नागरिकताको सिफारिस गर्दा निवेदकको उमेर १६ वर्षपुरा भई सकेको हुनु पर्नेछ ।
(झ) चालु आ.व. सम्म उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर, शुल्क बुझाएको प्रमाण ।

२. नाता प्रमाणित गर्नको लायिग आवश्यक पर्ने कागजातहरुः

(क) सम्बन्धित वडा अध्यक्षको र्सजमीन सहितको सिफारिस पत्र ।
(ख) मृतकसंग नाता प्रमाणित गर्नु परेमा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
(ग) सम्बन्धित व्यक्तिहरुको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी १/१ प्रति ।
(घ) १६ वर्षउमेर नपुगेको हकमा जन्म दर्ता प्रमाण-पत्रको प्रतिलिपी ।
(ङ) विवाह दर्ताको प्रमाण-पत्रको प्रतिलिपी ।
(च) जग्गाधनी प्रमाण पर्जाको प्रमाणित प्रतिलिपी ।
(छ) बाहिरी जिल्ला वा गाविस/नगरपालिकाको नागरिकता भएमा बर्साई सर्राई प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।
(ज) हालसाल खिचिएको पासपोर्टको र्साईजको फोटो ३ (तीन) प्रति ।
(झ) निवृत्तिभरण पाउनेहरुको हकमा नाम, नम्बर, पद, हकवालाको नाम देखिने पट्टाको प्रतिलिपी र प्रयोजन हेरी संयुक्त फोटो ।
(ञ) पिताको मृत्यु भएको छोराले पितासंग नाता प्रमाणित गर्नु पर्दा पिताको मृत्यु दर्ता प्रमाण-पत्रको प्रतिलिपी, छोराहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपी संलग्न देखिने पट्टाको प्रतिलिपी र प्रयोजन हेरी संयुक्त फोटो/र्सजमीन सहितको सिफारिस पत्र ।
(ट) नगरपालिका क्षेत्र भित्रका महिलाहरु औषधीउपचार लगायत अन्य कामको लागि विदेश जांदा आवश्यक पर्ने सिफारिस मांग गर्नु पर्दा २ प्रति फोटो सहित अभिभावक उपस्थित भै निवेदन पेश गर्नुपर्नेछ ।
(ठ) सम्बन्धित कुनै एउटा पक्षको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र ।
(ड) चालु आर्थिक वर्षसम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।

३. घरजग्गा नामसारी सिफारिसका लागि आवश्यक पर्ने कागजातहरुः

(क) कम्तीमा तीनजना संधियार समेत रहेको र्सजमीन वडा अध्यक्षको रोहवरमा गर्राई सम्बन्धित वडा समितिको सिफारिस पत्र ।
(ख) मृतकको नाममा नामसारी गराउंदा मृतकको मृत्यु दर्ता प्रमाण पत्र ।
(ग) मृतकसंग नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी ।
(घ) सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी ।
(ङ) जग्गाधनी प्रमाण पूर्जाको प्रमाण-पत्रको प्रतिलिपी ।
(च) अंशवण्डा भए अंशवण्डा पत्रको प्रतिलिपी ।
(छ) मंजुरीनामा दिएको भए मंजुरीनामाको प्रतिलिपी ।
(ज) चालु आ.व.को मालपोत तिरेको रसिद ।
(झ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।

४. नाम, थर संशोधनको सिफारिस गर्दा आवश्यक पर्ने कागजातहरुः

(क) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(ख) नाम, थर फरक परेको सम्बन्धित कागजातको प्रतिलिपी ।
(ग) सम्बन्धित वडा समितिको प्रतिलिपी ।
(घ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।

५. अस्थायी बसोबास प्रमाणित सिफारिस गर्दा आवश्यक पर्ने कागजातहरुः

(क) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(ख) सम्बन्धित वडा समितिको सिफारिस ।
(ग) यस नगरपालिका क्षेत्र भित्र बसोबास गर्नु पूर्व कुन स्थानमा बसोबास गर्दै आएको सो पुष्टि हुने कागजात ।
(घ) नगरपालिका क्षेत्रभित्र सरकारी कार्यालयमा सेवारत कर्मचारी भए आफ्नो परिचय पत्र सहित कार्यालयको सिफारिस पत्र ।
(ङ) निवेदनको पेश व्यवसाय पुष्टि हुने कागजपत्र ।
(च) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण।

६. जन्ममिति प्रमाणित गर्दा आवश्यक पर्ने कागजातहरुः

(क) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(ख) पासपोर्ट र्साईजको हालसालै खिचेको फोटो २ प्रति ।
(ग) सम्बन्धित वडा समितिको सिफारिस ।
(घ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।

७. मृत्यु प्रमाणित (०३७ साल माघ १ गतेभन्दा अगाडिको मात्र)

(क) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(ख) सम्बन्धित वडा समितिको सिफारिस ।
(ग) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।

८. चारकिला प्रमाणित सिफारिस

(क) नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(ख) जग्गाधनी प्रमाण पर्जाको प्रतिलिपी ।
(ग) सम्बन्धित जग्गाको प्रमाणित फाईल नक्सा ।
(घ) चालु आ.व. सम्म मालपोत असुली रसिद ।
(ङ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।

९. संस्था दर्ताको लागि सिफारिसः

(क) संस्थाको निवेदन ।
(ख) संस्थाको विधान १ प्रति ।
(ग) संस्था दर्ता सम्बन्धी भएको बैठकको निर्णयको प्रतिलिपी ।
(घ) सम्बन्धित वडा समितिको सिफारिस ।

१०. विद्यालय संचालनको सिफारिसः

(क) सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र ।
(ख) विद्यालय संचालनको लागि व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपी १ प्रति ।
(ग) संचालन गरिने विद्यालयको विवरण भरिएको फारम १ प्रति ।
(घ) नजिकको कम्तिमा दुई विद्यालयबाट दिइएको सहमति पत्रको प्रतिलिपी १/१ प्रति ।
(ङ) सम्बन्धित वडा समितिको सिफारिस ।

११. उद्योग स्थापनाको लागि सिफारिसः

(क) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(ख) उद्योग स्थापना गर्ने स्थलको जग्गाधनी प्रमाणपूर्जा ।
(ग) उद्योग व्यवसाय संचालन गर्ने घरको नक्सा पास प्रमाणको प्रतिलिपी ।
(घ) चारकिलाका संधियारहरुको लिखित सहमति ।
(ङ) सम्बन्धित वडा अध्यक्षको रोहवरमा भएको र्सजमीन मुचुल्का सहितको सिफारिस पत्र ।
(च) उद्योग स्थापना गर्ने जग्गा भाडामा प्रयोग गर्ने भए जग्गा दिने व्यक्तिको मंजुरीनामा सहित सम्झौंता पत्र ।
(छ) कानूनले निषेध गरेका उद्योग व्यवसाय तथा सडक अवरोध गर्ने गरेर वातावरणीय प्रभावमा प्रतिकुलता आउने गरी उद्योग स्थापना गर्न सिफारिस गरिने छैन् ।
(ज) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।

१२. मोही नामसारी सम्बन्धी सिफारिसः

(क) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(ख) मोही कायम भएको प्रमाण पत्रको प्रतिलिपी ।
(ग) मृतकको नामबाट नामसारी हुने भए मृतकको मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपी ।
(घ) मृतकसंगको नाता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।
(ङ) मोही हक पुग्ने आधारभूत प्रमाणको प्रमाणित प्रतिलिपी ।
(च) सम्बन्धित वडा समितिको सिफारिस ।
(छ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।