Birgunj Sub-Metropolitan City
Wednesday 10 March 2010

नागरिक वडापत्र

वीरगंज उप-महानगरपालिका कार्यालय आदर्शनगर, वीरगंज

    वीरगंज उपमहानगरपालिका नगरको सर्वोतोमुखी विकास तथा नगरवासीहरुलाई स्तरीय सेवा, सुविधा उपलब्ध गराउन सदैव क्रियाशील रहंदै आएको छ । नगरको सामाजिक, आर्थिक र सांस्कृतिक उन्नतिको गुरुत्तर दायित्व बोकेर गठन भएको यस संस्थाले नगरवासीहरुको चाहना, आकांक्षा, आवश्यकता र समयको मांगलाई ध्यानमा राखेर उपलब्ध श्रोत र साधनको अधिकतम परिचालन गर्दै नीति, कार्यक्रम, बजेट निर्माण गरी कार्यान्वयन गर्दै नगरको विकास र उपमहानगरपालिकाको सेवा चुस्त, पारदर्शी र स्तरीय बनाउन नगरवासीहरुको सल्लाह, सुझाव र आवश्यकता बमोजिम सहभागिताको पनि उत्तिकै खांचो पर्छ । यसै सर्न्दर्भमा विकेन्द्रीकरणको सिद्धान्त अनुसार स्थानीय सरकारको हैसियतले नगर र नगरवासीहरुको सर्वोच्च तथा सामुहिक हितको उद्देश्य परिपूर्तिको लागि अत्यन्त गहन, सम्वेदनशील र व्यापक जिम्मेवारी एवम् अभिभारा बोकेको यस संस्थाले नगरवासीलाई सुशासनको अनुभूति प्रयास गर्दै नगरवासीहरुलाई कार्यालयमा काम गराउन आउंदा अनावश्यक झंझट, झमेला, बाधाको सामना गर्नुपर्ने स्थिति नआओस् भन्ने तर्फ सचेत भई यो नागरिक वडापत्र जारी गरिएको छ । नागरिक वडापत्रबाट नगरवासीहरुलाई उपमहानगरपालिकामा काम गराउन आउंदा निश्चय  पनि सुविधा पुग्नेछ तथा आफूले गराउन आएको कामको प्रकृति अनुसार कुन शाखा/उपशाखाबाट सेवा लिनुपर्ने तथा संलग्न गर्नुपर्ने प्रमाणहरु एकिन गर्न सजिलो भई काम छिटो, छरितो हुने कुरामा हामी विश्वस्त छौं । हामीले अहिले व्यक्त गरेका प्रतिबद्धताहरु कार्यान्वयन गर्नमा नगरवासीहरुको पनि सहयोग र सद्भाव अति आवश्यक हुन्छ त्यो कुरा वीरगञ्ज उपमहानगरपालिकाले सदा झैं प्राप्त गर्ने अपेक्षा गरेको छ । नागरिकका सेवामा कुनै किसिमको झंझट वा कठिनाई परेमा सल्लाह र सुझावको समेत अपेक्षा राख्दछौं ।

धन्यवाद !

उप-महानगरपालिकाको विभिन्न शाखा/उपशाखाबाट सम्पादन गरिने कार्यहरुको विवरण निम्नानुसार रहेका छन् ।

 १. प्रशासन शाखा (कानून तथा मुद्दा उपशाखा) बाट सम्पादन गरिने कार्यहरुः


(क) नेपाली नागरिकताको प्रमाण-पत्रको सिफारिस
(ख) नाता प्रमाणित-पत्र
(ग) जग्गा नामसारी सिफारिस
(घ) नाम, थर, संशोधन, सिफारिस
(ङ) बसोबास प्रमाणित सिफारिस
(च) जन्म मिति प्रमाणित सिफारिस
(छ) मृत्यु प्रमाणित सिफारिस
(ज) चारकिला प्रमाणित सिफारिस
(झ) संस्था दर्ता सिफारिस
(ञ) विद्यालय संचालनको सिफारिस
(ट) उद्योग दर्ता सिफारिस
(ठ) मोही नामसारी सम्बन्धी सिफारिस
(ड) मोही लगत कट्टा गर्ने सम्बन्धी सिफारिस

२. योजना तथा वातावरण शाखा (विद्युत उपशाखा, खानेपानी उपशाखा र नक्सा पास उपशाखा) बाट सम्पादन गरिने कार्यहरुः

(क) घरनक्सा पास
(ख) विद्युत सिफारिस
(ग) निजी धारा सिफारिस
(घ) सम्पत्ति मूल्यांकन
(ङ) योजनासंग सम्बन्धित विविध सिफारिस