Birgunj Sub-Metropolitan City
Friday 30 July 2010

ग. घडिअर्वा पोखरी जीर्र्णोद्धार तथा साङ्गीतिक फोहोर जडान कार्य

घडिअर्वा पोखरीद्धार कार्य साङ्गीतिक फोहोरा जडान कार्य रु.३करोड ४० लाखमा सम्पन्न भएको छ । यसका प्रमुख विशेषताहरु ः

 अ. बगैंचा परिसरमा आकर्ष लन

आ. केन्द्र भागमा स्थापित र्सख्या मन्दिर

इ. पोखरीमा पक्की पुल

इ. नौकायनको सुविधा
उ. साङ्गीतिक फोहोराको आकर्षण

घ. निजी शौचालय निमार्ण

वीरगंज उपमहानगरपालिकाले टि.डि.एफ. को ६० प्रतिशत अनुदान सहयोगमा उन्नाइसै वडामा समाजका गरीब समुदायका व्यित्तहरुका लागि रु १९,७७,६३८/६२ मा १०० वटा निजी शैचालय निमार्ण गारेको छ ।

२. चालू योजनाहरु


क. बाढी तथा फोहोर पानी व्यवस्थापन

उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा मनसुनको बाढीले ल्याउने जल पकोपबाट नगरलाई मुक्त राख्नन टि.डि.एफ.ले नाला समस्याको समाधान तथा अनुपयोगी जलको तीव्र निकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै गुरु योजना तयार गर्न सघाउ पूराएको छ।

 

ख. नयाँ बस बिसौनीको निमार्ण जीर्णोद्धार

प्रस्तावित नयाँ बस बिसौनीको मूल उद्देश्य शहरमा यातायात सुविधा पुरयाउने र सुव्यवस्थित तथा सुविधा सम्पन्न बसपार्कको स्थापना हो । प्रस्तावित निमार्ण वडा नं. १९ मा छ । निमार्णस्थलले झन्डै ३.३५ हेक्टर जग्गा ओगट्ने छ । यस क्षेत्रफलमा एकैपटक १०१ बसहरु पार्क हुन सक्नेछन् । यस योजनाको लागि झन्डै रु. १० करोड आवश्यक पर्छ । ऋण सहयोगकालागि टि.डि.एफ.लाई अनुरोध गरी प्रक्रियामा जाने तयारी भएको छ ।

ग. लक्ष्मनवा पार्क

नगरवासीको मनोरञ्जनका लागि वीरगंज उपमहानगरपालिका मात्रको वित्तिय लगानीमा निमार्ण हुन लागेको यो मूलत : बाल-उद्यान हो । यसले १.३ हे. जग्गा ओगटेको छ र यसको केन्द्रमा केटाकेटीहरुले खेल्ने चौर, मूल प्रवेशद्धारको उत्तरतर्फसाङ्गीतिक फोहोरा, पार्कको पश्चिमी क्षेत्रमा प्राकृतिक देखिने गरी एउटा चट्टानको पहाड निमार्ण गरिएको छ ।

 

घ. मीना बजार तरकारी परिसर

यो मूलत : तरकारी बजार हो र २६,२४४ वर्गफिट जग्गामा माइस्थाननजिक व्यापारिक क्षेत्रमा अवस्थित छ । यस परिसरको डिजाइन र योजना मुख्यत : चारतले भवनको रुपमा गरिएको छ , जसको भुइँतल्ला तरकारी बजारकोलागि उपयोग भइरहेको छ । भुइँतल्ला र पहिलो तल्ला पसलहरुका लागि र दोस्रो तथा तेस्रो तल्लामा कार्यलय तथा रेस्टुराहरु सञ्चालन गर्ने गरी िडजाइन गरिएको छ । यस बाहेक, परिसरको उत्तर(पश्चिम कुनामा पशु वधशाला र कोल्डस्टोर स्थित छन् । साथै दक्षिण-पर्व कुनामा शैचालयको व्यवस्था गरिएको छ । यी सम्पूर्ण निमार्ण कार्यहरु सम्पन्न भइसकेपछि नगरवासीले सेवा पाउने विश्वास गरिएको छ ।