|
Page 1 of 3 वीरगजं उपमहानगरपालिकाद्धारा सञ्चालित विकास योजनाहरु१. सम्पन्न योजनाहरुक. जनजाति स्कुल विगत ४ वर्षदेखि वीरगंज उपमहानगरपालिकाले समाजमा रहेका जनजातिका बालबालिकाहरुको उत्थानको लागि विशेष स्कुलको सञ्चालन गर्दै आइरहेको छ । केही शिक्षकहरुको नियुक्ति पनि समाजको पिछडिएका जातिबाट गरिएको छ । जनजातिहरुका लागि सो स्कुल भवनको निर्माण हालै प्रतिशत अनुदान सहयोगमा सम्पन्न भएको छ । यस स्कुलको स्थापनाले जनजालिका व्यक्तिहरुको शैक्षिक स्थिति उकास्न राम्रो भूमिका खेल्ने विश्वास वीरगंज उपमहानगरपालिकाले लिएको छ । ख. तरण ताल र हेल्थ क्लब भवन योजनातरण तालयो सबैभन्दा ठूलो, आदर्शनगर रङ्गशालाको छेउमै स्थित योजना हो । उपमहानगरपालिकाले आफ्नै स्रोतबाट यस योजनालाई सम्पन्न गारेको छ । रु.३ कारोड ६० लाखको लागातमा तरण ताल निर्माण र जल-उपचार प्लान्ट स्थापित गरिएको छ।योजनाको मुख्य विशेषता :तरण ताल![]() तालको संख्या -२ आकार मुख्य ताल ( ५० मिटर,२९ मि. ) अभ्यास ताल ( १२ मिटर , २९ मि. ) गहिराइ - मुख्य ताल (६ फि. - १२ फि. ) अभ्यास ताल ( ३ फिट - ६ मि. ) लेन सङख्या मुख्य पुलमा - ८ जल धारण क्षमता - ३०,००,००० लि. स्टेडियमको क्षमता - २,४००० दर्शक स्तर - अन्तराष्ट्रिय आ. हेल्थ क्लब भवन तला सङख्या - २ वेट ट्रेनिङ्ग कक्ष - १ व्यायाम कक्ष - १ बिलिर्याड बाथ कक्ष - १ सावना बाथ कक्ष - १ अन्य विशेषता - मुख्य तालको लम्बाइसँगै सरसफाइको लागि नालीहरु । यसबाट रुटिन कार्य र मर्मत सम्भारमा सुविधा पुग्छ ।
|