|
Page 3 of 3 ३. भावी योजनाहरु क. वि.पि. पार्क शहरको व्यापारिक केन्द्र मानिने घण्टाघरको उत्तर ६०० मि. लामो र १५० मि. चौडा यो प्रस्तावित स्थल अवस्थित छ । यस स्थलको सम्पूर्ण क्षेत्रफल ६.७ हेक्टर (९.१० बिघा) रहेको छ, जुन एउटा आर्दश उद्यानकालागि पर्याप्त छ । यो स्थल पूर्वमा मूल सडक ( त्रिभुवन राजपथ) संग जोडिएको छ भने पश्चिममा नगरको मूल नालासम्म फैलिएको छ । ख. धार्मिक र पर्यटकीय दृष्टिले भिस्वा चैत्यको निमार्ण वीरगंज उपमहानगरपालिका वडा न.१८ मा निर्मित भिस्वा चैत्य १५ मि. उँचाइ र ५० मि. व्यास भएको माटोको ढिस्कोमा अवस्थित छ । यो स्थल नगरवासीका लागि धार्मिक र मनोरञ्जनका दृष्टिले महत्वपूर्ण छ । ग. विशाल बजारको निमार्ण आदर्शनगरको पुरानो बसपार्क यस योजनाको प्रस्तावित निर्माण स्थल हो । यसको क्षेत्रफल १.७८ बिघा छ । भीडभाडपूर्ण व्यापारिक एवं कार्यालय गतिविधिका लागि यो क्षेत्र प्रख्यात छ । यस योजनाको सम्पन्नतापश्चात् विशाल बजार परिसरले राम्रो आर्थिक लाभ प्राप्त गर्नेछ । घ. भूउपयोग नक्सामार्फत भू विकास योजना यस कार्यक्रम अर्न्तर्गत उपमहानगरपालिकाले आवास तथा भौतिक योजना विभागको भूउपयोग नक्सा अनुसार तयार गरिएको एकीकृत कार्य योजनालाई सघाउ पुग्नेगरी आवश्यक जग्गाहरु अध्रिगहण गर्नेछ । यसबाट तीव्ररुपमा तर अव्यवस्थित किसिमले बढिरहेको शहरीकरनमा नियन्त्रण भई योजना अनुसार मूल प्रवाहमा आउने छ । ङ. क्रीडा स्थलहरु नगरमा दुईवटा ठूला, नारायणी रङ्गशाला वडा नं.१७ र आदर्शनगर राष्ट्रिय र अन्तराष्ट्रिय खेलहरु आयोजना गर्ने किसिमले डिजाइन गरिएको छ भने आदर्शनगर रङ्गशालामा स्थानीय खेलकूद तथा क्रिकेट सञ्चालन गरिन्छ । घडिअर्वा पोखरीको उत्तरी डिलमा डनडोर खेल परिसर छ , जहाँ मार्शल आर्ट, ब्याडमिन्टन, टेबल टेनिस खेलहरुको आयोजना हुन्छ ।
<< Start < Prev 1 2 3 Next > End >> |