Birgunj Sub-Metropolitan City
Friday 30 July 2010

उद्योग स्थापनाको लागि सिफारिसः

(क) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(ख) उद्योग स्थापना गर्ने स्थलको जग्गाधनी प्रमाणपर्जा ।
(ग) उद्योग व्यवसाय संचालन गर्ने घरको नक्सा पास प्रमाणको प्रतिलिपी ।
(घ) चारकिलाका संधियारहरुको लिखित सहमति ।
(ङ) सम्बन्धित वडा अध्यक्षको रोहवरमा भएको र्सजमीन मुचुल्का सहितको सिफारिस पत्र ।
(च) उद्योग स्थापना गर्ने जग्गा भाडामा प्रयोग गर्ने भए जग्गा दिने व्यक्तिको मंजुरीनामा सहित सम्झौंता पत्र ।
(छ) कानूनले निषेध गरेका उद्योग व्यवसाय तथा सडक अवरोध गर्ने गरेर वातावरणीय प्रभावमा प्रतिकुलता आउने गरी उद्योग स्थापना गर्न सिफारिस गरिने छैन् ।
(ज) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।